१३ बैशाख २०८१, बिहिबार

बिहेपछि चलचित्र खेल्दिनँ : नायिका शर्मा


Puja Sharma1

१८ वैशाख, काठमाण्डौ । नायिका पूजा शर्माले सोमबार आफ्नो २६ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउँदै गर्दा उनले, आफ्ना साथीभाई, मिडियाकर्मी र पत्रकारसँग केक काटिन् ।

पूजाले मिडियासँग कुरा गर्दै आफ्नो बिहे योजनाको बारेमा समेत बताउन भ्याइन् । पूजाले भनिन् ‘म के चलचित्रमा काम नै नगरौ त ? अहिले नै बिहे गरेर के गर्नु ?’

उसो भए, १० बर्षपछि मात्र बिहे गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्-‘त्यती लामो समय पनि होइन । अबको २-३ बर्षमा बिहे गर्छु । अनी बिहेपछि चलचित्र खेल्दिनँ ।’

पूजाका अनुसार उनी बिहेपछि चलचित्र नखेलेर परिवारलाई राम्रोसँग सम्हाल्नतर्फ लाग्नेछिन् । पूजाले अहिले नै आफू प्रेममा रहेको कुरालाई स्विकार गरेकी छैनन् । बरु, उनले भनिन्(‘मलाई माया गर्ने मान्छे संसारकै उत्कृष्ट होस् । अहिले, एक जना मान्छे नजरमा परेका छन् । उनको बानी ब्यहोरादेखि हरेक कुरा मैले परिक्षण गरिरहेको छु ।’

पूजा र निर्देशक सुदर्शन थापाविच प्रेमको चर्चा छ । तर, उनीहरुले अहिलेसम्म प्रेम स्विकार गरेका छैनन् । तर, पूजा र सुदर्शनको परिवार भने यी दुइको बिहेमा सकारात्मक देखिएको छ । कतै, पूजाले परिक्षण गरिरहेका यूवा सुदर्शन त होइनन्, त्यो पक्कै थाहा चाडै हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !