१३ बैशाख २०८१, बिहिबार

‘सञ्जु’मा रणवीर कपूरको पाँच अवतार


Sanju

१३ वैशाख, काठमाण्डौ । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’को टीजर सार्वजनिक भएको छ । टीजर सार्वजनिक हुनुभन्दा अगाडि यस फिल्मको नाम सार्वजनिक भएको थिएन ।

निर्देशक राजकुमार हिरानीको र अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित यस फिल्मको टीजर सार्वजनिक भएसँगै चौतर्फी चर्चा हुन थालेको छ । टीजरले दर्शकलाई फिल्म हेर्नका लागि अझै उत्सुकता बढाइदिएको छ ।

फिल्ममा रणवीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन् । यस फिल्मका लागि रणवीरले निकै मेहनतका साथ आफूमा धेरै परिवर्तन गरेका छन् । सञ्जय दत्तको यूवा अवस्थादेखि अहिलेको अवस्थासम्मको भूमिकाको लागि रणबीरले निकै मेहनत गर्नु परेको थियो । यस फिल्मको टीजरबाट पनि रणवीरको मेहनत देखिन्छ । फिल्ममा रणवीरको भिन्न–भिन्न पाँच अवतार रहेको छ ।  यस फिल्मको टीजर सार्वजनिक छोटो समयमा नै युट्यूब ट्रेण्डीङको नम्बर एकमा रहेको छ ।

फिल्म ‘सञ्जु’ मा रणवीर कपूरका साथै अभिनेत्री दिया मिर्जा, सोनम कपूर, मनिषा कोइरालाको पनि विशेष भूमिका रहेको छ । यो फिल्म २०१८ को जुन २९ मा प्रदर्शन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !