८ बैशाख २०८१, शनिबार

चङ्गाको ‘कम्पनी माला’ गीत सार्वजनिक (भिडियोसहित)


Changa

५ वैशाख, काठमाण्डौ । फिल्म ‘चङ्गा’को पहिलो गीत रिलिज भएको छ। जेठ २५ लाई प्रदर्शन मिति तय गरेको फिल्मले प्रचारको सुरुवात भन्दै फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो।

सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। राजेन्द्र थापाको शब्द समावेश गीतमा राजनराज र अन्जु पन्तले स्वर दिएका छन्। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका प्राय: मुख्य कलाकार फिचरिङ छन्।

भिडियोमा बुद्धि तमाङ, अंकित खड्का, लक्ष्मी बर्देवा रेश्मा तिमल्सिनालगायतलाई देख्न सकिन्छ। कमेडी जनरामा निर्मण भएको चंगालाई किशोर भण्डारी ‘डिट्ठासाब’ले निर्देशन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !