१३ बैशाख २०८१, बिहिबार

शिरीष र रिताको स्वरमा ‘चाँचर’ युट्यूबमा सार्वजनिक  (भिडियोसहित)


Cachar

४ वैशाख, काठमाण्डौ ।  लोकदोहोरी गायक शिरीष देवकोटा र रिता थापा मगरको स्वरमा सजिएको मौलिक लोकभाका ‘चाँचर’ युट्यूबमा सार्वजनिक भएको छ ।

रमेश बीजीको शब्द संकलन रहेको यस गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र सरिष्मा मगरको अभिनय रहेको छ । प्रायः लोपोन्मुख लोकभाकालाई प्रस्तुत गर्ने देवकोटाले यस गीतमा पनि मौलिक लय संकलन गरेका छन् ।

गीतमा यस्तैयस्तै शब्दलाई समेटेर मौलिक भाकामा ढाल्ने प्रयास गरिएकाे छ ।

यस गीतको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !