गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले मागे माफी Nepalpatra गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले मागे माफी
११ माघ २०७८, मंगलबार

गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले मागे माफी


गायक राजेश पायल राई

काठमाडौं । गत शुक्रबार अमेरिकाको न्युयोर्क कार्यक्रममा गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् ।

स्टेजमा नै दुर्व्यवहार गर्ने शेर्पालाई गायक राईले माफी दिएका छन् । स्रोतका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !