१२ बैशाख २०८१, बुधबार

इन्द्रेणीका जोडी छत्र शाही र काजल जोशीको विवाहको भनेको भिडियो भाइरल


छत्र शाही र काजल जोशी

काठमाडौँ । सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएको भन्ने भिडियो सार्वजानिक भएको छ । सबैको मन मुटुमा बस्न सफल छत्र र काजलबीच अनौपचारिक विवाह भएको भिडियो बाहिरिएको छ ।

सामाजिक संजाल फेसबुक पेजमा छत्र शाहीले लेखेका छन्, ‘सम्पूर्ण हाम्रा आदरणीय दर्शक भगवान, शुभचिन्तकहरुमा नमस्कार ।। हजुरको माया, आशिर्वादले आज हामी एक भएका छौ ।। हरेक सुखदुःखमा साथ दिनेछु dear kaju love you’

छत्र जन्मेको जुम्ला जिल्लाको आफ्नो गाउँमै पुगेर यो जोडीलाई स्वागत गर्दै टिका गाउँलेले शुभकामना दिएर टिका लगाइदिएका हुन् । उक्त भिडियोमा यो विवाह नभएर घर पैचो कार्यक्रमहो पनि भनिएको छ । सबैले छत्रको बिहे काजलसंगै हुनुपर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए ।

उनीहरुलाई शुभकामना दिन गाउँका गाउँपालिका प्रमुखदेखि वडा अध्यक्षसम्म पुगेको भिडियोमा देख्न सकिन्छ । दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् । इन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् ।

केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै विवाहको घोषणा गरेका थिए । इन्द्रेणीले चिनाएका कैयौ कलाकारहरुमध्ये शाही र काजल जोशी पनि एक जोडी हुन् । प्रत्यक्ष दोहोरी जति गाएर सबैको मनमुटुमा बस्न सफल र दर्शकलाई चिनाउने श्रेय पनि इन्द्रेणी कार्यक्रमलाई नै जान्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !