१३ बैशाख २०८१, बिहिबार

श्रीकृष्ण लुइँटेल (बोकेदारी)को झापा सुरुङ्गा बोलको गीत सार्वजनिक (भिडियोसहित)


Bokedari

५ चैत, झापा। झापा सुरुङ्गा बोलको गीत सार्वजनिक भएको छ । समाजको कुरीतिको रूपमा रहेको दाइजो प्रथाको विरोध गर्दै झापाली गीतकार दिपेश प्रसाईंले आफ्नै शब्दमा गीत तथा म्युजिक भिडियो बनाएका छन् । उक्त गीतमा कृष्ण भण्डारीले संगीत दिएका छन् भने गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी) ले स्वर भरेका छन् ।

झापाको सुरुङ्गाको सेरोफेरोमा छायाँकन गरिएको उक्त गीतले मनोरञ्जन दिनुका साथै सन्देशमुलक रहेको गीतकार प्रसाईंले बताएका छन् । हाँस्यप्रधान यो गीतले सामाजिक विकृतलाई मनोरञ्जनमार्फत सन्देश दिने प्रयास गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !