१३ बैशाख २०८१, बिहिबार

कलाकार शिशिर राणा बैंकिङ कसूरको मुद्दामा पक्राउ


शिशिरशमशेर राणा

कलाकार शिशिरशमशेर राणा पक्राउ परेका छन् । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राणालाई विजुलीबजारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राणालाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो । २०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी चलचित्र निर्माता तथा निर्देशक समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !