१३ बैशाख २०८१, बिहिबार

नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि


वर्षा राउत

काठमाडौँ । नेपालमा कलाकारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने दर दिन-प्रतिदिन बढ्दै गएको छ । कोरोना कहरको दोस्रो लहरले नेपाली चलचित्र क्षेत्रका कलाकारलाई पनि आक्रान्त परेको छ ।

यसैक्रममा नायिका वर्षा राउतलाई कोरोना  संक्रमण पुष्टि भएको छ । नायिका राउतले सामाजिक संजाल इन्स्ट्राग्राममार्फत आफूलाई कोरोना पोजिटिभ भएको उनले जानकारी दिएकी हुन् ।

इन्स्ट्राग्राममा लेख्दै उनले उनले आफ्नो गन्ध हराएको र खोकी लागिरहेको बताएकी छन् । आफ्नो स्वास्थ्य ठिक रहेको र अहिले सबै सुरक्षाको मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बसिरहेको पनि जानकारी पनि दिएकी छन् । उनले आफू चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा गर्दै सबैलाई सुरक्षित रहन आग्रह समेत गरेकी छिन् ।

वर्षा राउतको इन्स्ट्राग्राम पोष्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !