१२ बैशाख २०८१, बुधबार

प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ?’ ट्रेन्डिङको पहिलो स्थानमा


मेरो पनि होइन र यो देश ?

बागलुङ । सार्वजनिक भएको २४ घण्टामा गायक सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा एक लाख ९२ हजार बढी भ्यूज बटुलिसकेको छ ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । “नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भन्नुभयो, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !