१३ बैशाख २०८१, बिहिबार

नायिका शिल्पा पोखरेलले प्रकाश सुवेदीलाई लगाइन यतिठुलो आरोप


शिल्पा पोखरेल, प्रकाश सुवेदी

काठमाडौं । नायिका शिल्पा पोखरेलले ‘रजतपट’ नामक कार्यक्रममा संचारकर्मी प्रकाश सुवेदीले मेरो चरित्रहरण गर्नका निमित्त कतिसम्म निच हर्कत गरेका रहेछन त ? भन्दै प्रश्न गरेकी छन्। नायिका पोख्रेलले आफूमात्र नभई निर्माता निर्देशक सोनु खत्री र उहाँकी पत्नी कोमल खत्री पनि उनको ‘पीत पत्रकारिता’को शिकार बनेको बताएकी छन् ।

रजतपट कार्यक्रममा प्रकाश सुबेदीले शिल्पा र सोनु खत्रीवीच प्रेममा रहेको भन्दै एक रिपोर्ट बनाएका थिए। उक्त रिपोर्टपछि शिल्पाले लेखेकी छन्, “‘रजतपट’ नामक कार्यक्रममा संचारकर्मी प्रकाश सुवेदीले मेरो चरित्रहरण गर्नका निमित्त कतिसम्म निच हर्कत गरेका रहेछन त ? म मात्र होइन निर्माता निर्देशक सोनु खत्री र उहाँकी पत्नी कोमल खत्रीपनि उनको ‘पीत पत्रकारिता’को शिकार बन्नु भएको छ ।तपाई लामो समयदेखि संचारगृहमा कार्यरत ‘पत्र…’ के भन्ने सम्बोधन पनि छैन । तपाई कुन सिद्धान्तमा टेकेर पत्रकारिताको मर्म मारिरहनु भएको छ ? नेपालमा प्रचलित ‘सामाजिक उत्तरदायित्व’को सिद्धान्त के यहि हो ? सम्मानित अदालतको विचाराधीन मुद्धामा कसैले पनि बोल्न उचित नहुने र कानुनी रुपमा नपाइने कुरा तपाई प्रकाश सुवेदीले बोलेर अदालतको मानहानी गरेको ठहर्दैन र ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !