८ बैशाख २०८१, शनिबार

गायिका सुनिता दुलाल किन पत्रकारिता पेसामा आइन् ?


सुनिता दुलाल

काठमाडौँ । गायिका सुनिता दुलाल राईज मिडियाद्वारा प्रकाशित मेरो लाइफस्टाइल डटकममा जोडिएकी छन्। गायिका दुलालले अबको मुलधार पत्रकारिता विकास र सम्भावनाको खोजी हुनुपर्छ भन्ने मुल मर्मसहित मानिसलाई सचेत भएर जीवन गुजार्न प्रेरित गर्ने उद्वेश्यले डिजिटल प्लेटफर्ममार्फत मेरो लाइफस्टाइल डटकम ल्याइएको बताएकी छन्।

उनले लेखेकी छन्, “राईज मिडियाद्वारा प्रकाशित मेरो लाइफस्टाइल डटकम (merolifestyle.com) शुभारम्भका अवसरमा पुजाअर्चना गरिदै । अबको मुलधार पत्रकारिता विकास र सम्भावनाको खोजी हुनुपर्छ भन्ने मुल मर्मसहित मानिसलाई सचेत भएर जीवन गुजार्न प्रेरित गर्ने उद्वेश्यले हामी डिजिटल प्लेटफर्ममार्फत तपाईंहरु माँझ आएको छौं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !