१३ बैशाख २०८१, बिहिबार

चर्चित गायिका अन्जु पन्तले गरिन् प्रेमी थीर कोइरालासँग विवाह (फोटो फिचर)


अन्जु पन्त

काठमाडौं । चर्चित गायिका अन्जु पन्त विवाह बन्धनमा बाधिँएकी छिन् । गायिका पन्तले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।

अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागीता रहेको थियो ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले चर्चमा विवाह गरेको बतायएको छ । केही समयअघि अन्जुले केही मिडियामा छोरीको दबाबका कारण बिहे गर्ने बारे सोचिरहेको बताउकी थिइन् ।
अन्जु पन्त

तस्वीर : थिर कोइरालाको फेसबुकवाट

यो पनि पढ्नुहोस्

चर्चित गायिका अञ्जु पन्तले गरिन् दोस्रो विहे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !