१३ बैशाख २०८१, बिहिबार

चर्चित गायिका अञ्जु पन्तले गरिन् दोस्रो विहे

वैवाहिक जीवनमा बाँधिए अन्जु पन्त र थिर कोइराला


अञ्जु पन्त

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो बिहे गरेकी छन् । अञ्जु आफ्ना प्रेमी थीर कोइरालासँग आज वैवाहिक जीवनमा बाँधिएकी हुन् । यो जोडी १ वर्ष अघिदेखि प्रेम सम्वन्धमा भएको बुझिएको छ ।

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् । अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

आज बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् । विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ ।

अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । केहि समयअघि गायिका पन्तले बिहेको तयारी गरेको समाचार आएसँगै नेपाली सांगीतिक क्षेत्र तातेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !