नायिका वर्षा शिवाकोटीको प्रेमी सविनसँग ब्रेक अप भएको चर्चा Nepalpatra नायिका वर्षा शिवाकोटीको प्रेमी सविनसँग ब्रेक अप भएको चर्चा
१५ फाल्गुन २०७७, शनिबार

नायिका वर्षा शिवाकोटीको प्रेमी सविनसँग ब्रेक अप भएको चर्चा


वर्षा शिवाकोटी सविन सविन जँग थापा

काठमाडौं । नायिका बर्षा शिवाकोटीको ब्रेक अप भएको चर्चाले नेपाली चलचित्र क्षेत्र तातेको छ । नायिका वर्षा शिवाकोटीले छोडिदिइन् प्रेमीलाई भन्ने जस्ता समाचारहरु केहि संचारमाध्यम आउन थालेका छन् ।

यस्ता समाचारलाई आधार मान्ने हो भने अभिनेत्री वर्षा सिवाकोटीको सविन जंग थापासँगको प्रेम सम्बन्धमा पूर्ण विराम लागेको अनुमान गर्न सकिन्छ । साथै सविन इन्स्टामा लेखेको स्टाटसको स्क्रिनसट पनि देख्न सकिन्छ ।

यदि यो सत्य हो भने प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो । सविनले आफ्नो इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् । वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् ।

यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् । गत वर्षको दशैंबाट वर्षा र सविनबीच प्रेम झन् बढेको थियो । यस वर्षको दशैं मनाएर वर्षा सविनलाई भेट्न पुनः अमेरिका पुगेकी थिइन् ।

त्यो समयमा भने उनले सामाजिक सञ्जालको माध्यमबाट खुलेरै प्रेम सम्बन्ध व्यक्त गरिन् । यति मात्र होइन, उनले अबको दुई वर्षभित्र विवाह गर्ने तयारी भएको समेत मिडियालाई जानकारी दिएकी थिइन् । तर, अब उनीहरुको प्रेममा विश्राम लागेको छ ।

इन्स्टामा थुप्रै स्ट्याटस राख्दै सविनले लेखेका छन्, ‘ म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गर्न सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँदा तिम्ले पनि गर्‍यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो ।’

वर्षाले दिएको धोकाले आफूलाई हरकुरासँग डर लाग्ने गरेको पनि सविनले लेखेका छन् । ‘मलाई अगाडि बढ्न डर लागेको छ । सास फेर्न डर लागेको छ । हरेक कुराको लिमिट हुन्छ तर मैले आफ्नो एन्जाइटी नियन्त्रण गर्न सकेको छैन । म जस्तो जेन्युइन सोच राख्ने मान्छेलाई दुखाए , अपमान गरे त्यो पनि त्यसले जसको मैले कल्पना पनि गरेको छैन । तिमीले जीवनभरका लागि प्रेमलाई हेर्ने मेरो दृष्टिकोण भताभुंग पार्यौ ।’

सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हरेक सम्बन्धमा झगडा, जलान, मतभेद हुन्छ तर प्रेमलाइ यसले अन्दाज लगाउन सकिन्न र यी हरेक अस्थायी कुराले प्रेमलाई असर गर्दैन । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर यो सब ठिक छ । म मेरो लक्ष्य भेट्नेछु अनि पुरा गर्नेछु अनि पुरा गर्नेछु आफ्नो सपना । तिमीलाई बुझ्ने तिम्रो मान्छे तिमीले भेट्नु १ नेपाली सिनेमा नगरीमा वर्षा र सविनको बिहे हुने कुरा बाहिर आएको थियो ।’ तर तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’

उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् । अमेरिका जाँदा बर्षा उनकै साथमा रहेको समाचारका साथै केहि फोटोहरु र स्टोरी सार्वजनिक भएका थिए । तर प्रेम झाँगिएको भन्दा यतिबेला प्रेम टुटेको खबरले सिनेमा नगरी गर्माएको छ ।

नायिका वर्षा शिवाकोटीको प्रेमी सविनसँग ब्रेक अप भएको चर्चा

 

यो पनि पढ्नुहोस्

को हुन् यी पुरुष जसले चर्चित गायिका अञ्जु पन्तसँग बिहे गर्दैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !