८ बैशाख २०८१, शनिबार

को हुन् यी पुरुष जसले चर्चित गायिका अञ्जु पन्तसँग बिहे गर्दैछन् ?

गायिका अञ्जु पन्तले दोस्रो बिहे गर्दै


थिर कोइराला र अञ्जु पन्त

काठमाडौँ । चर्चित गायिका अञ्जु पन्तले बिहेको तयारी गरेसँगै नेपाली सांगीतिक क्षेत्र तातेको छ । अञ्जुको यो दोस्रो विवाह हुनेछ । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् । को हुन् यी पुरुष जसले गायिका अञ्जुसँग बिहे गर्दैछन् ? भन्ने चासो बढेको छ ।

अञ्जु पन्तसँग बिहे गर्न लागेका यी पुरुष हुन् – थिर कोइराला । उनीहरु विगत १ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने अझसम्म तय भई सकेको छैन । थिरले अञ्जुका अधिकांश तस्वीरहरु सामाजिक संजालमा सेयर गर्ने गरेका छन् ।

तर कुनै संचारमाध्यय आएजस्तो तत्काल बिहे गर्ने, भव्य रूपमा गर्ने, लुगा नै सिउन दिएको भन्ने समाचारहरु हल्लाहरू मात्र भएको अञ्जुले बताएकी छन् । बिहे कहिले गर्ने भन्ने बारेमा कुरा भइरहेकोले चाँडै पनि हुन सक्ने साथै केही समय पनि लाग्न सक्ने उनले बताएकी छन् ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्म मान्ने भएकोले धार्मिक सोच मिल्ने देखिन्छ । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुले गाएका केही गीतमा शब्द समेत कोरेको बुझिएको छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताउदै आएकी थिइन् । नायिका श्वेता खड्काले दोस्रो बिहे गरेसंगै डिभोर्स भएका र पहिलो श्रीमानको देहान्त भएका महिलाहरुले जीवन बिताउनका लागि गरिने दोस्रो बिहेलाई नेपाली समाजले बिस्तारै स्वीकार गर्दै गएको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !