११ बैशाख २०८१, मंगलबार

नायिका सुष्मा कार्कीको हर्कत : उत्सव रसाइलीलाई कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी


शुष्मा कार्की र उत्सव रसाइली

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । गएराति दरबारमार्गको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध उजुरी दिन आएको एक प्रहरीले बताए।

नायिका कार्कीले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गरेको र आफूलाई जातीय हिसाबले गाली गरेको उत्सव रसाइलीले बताए । त्यसरी दुर्व्यवहार गरेपछि आरतीले एक झापड हानेको उत्सव रसाइलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !