१२ बैशाख २०८१, बुधबार

मैले सिउँदोमा सिन्दुर भरें, हातमा सप्तरङ्गी चुरा लगाएँ : नायिका श्वेता खड्का (फोटो फिचर)


नायिका श्वेता खड्का विवाह

काठमाडौँ । नायिका श्वेता खड्काले हिजो मंसिर २२ गतेको लगनमा दोस्रो विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना प्रेमी विजयन्द्र सिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा दोस्रो विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।

नायिका खड्काले विवाहलगत्तै हिजो एकल महिलाको सशक्तीकरणका विषयमा आवाज उठाएकी उठाएकी छन् । हिजो दोस्रो विवाह बन्धनमा बाँधिएकी खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन् । विवाहपछिको स्टाटसले उनले जीन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको उल्लेख गर्दै अझ धेरै गर्न बाँकी रहेको बताएकी छन् ।

सीमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा श्वेता र विजयेन्द्रको हिन्दू परम्परा अनुसार विवाह भएको हो । उनीहरु १ वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन् ।

श्वेताको यो दोस्रो विवाह हो । उनी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी पहिली पत्नी हुन् । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको १ महिनापछि श्रीकृष्णको उपचारका क्रममा मृत्यु भएको थियो । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्काले दोस्रो विवाह गरेकी हुन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्,”अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईकी उहि छोरी /चेली

नायिका श्वेता खड्का विवाह नायिका श्वेता खड्का विवाह नायिका श्वेता खड्का विवाह नायिका श्वेता खड्का विवाह नायिका श्वेता खड्का विवाह

तस्वीर सौजन्य : श्वेता खड्काको फेसवुक पेजवाट

यो पनि पढ्नुहोस्

नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिइन्

श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै (फोटो फिचर)

विहेको १ दिनअघि नायिका श्वेताले लेखिन् मन छुने फेसवुक स्टाट्स

मंसिर २२ मा लगनगाँठो कस्दै नायिका श्वेता खड्का, को हुन् उनका हुनेवाला दोस्रा पति

नायिका श्वेता खड्काको विवाह मंसिर २२ गते हुँदै, को हुन् नायिका खड्काकी दुलाहा ?

नायिका श्वेता खड्काले मंसिर २२ गते बिहे गर्दै, यस्तो छ उनको विवाहको कार्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !