८ बैशाख २०८१, शनिबार

रमेश प्रसाई विवाह बन्धनमा बाँधिए


रमेश प्रसाई विवाह बन्धनमा बाँधिए

काठमाडौँ । चर्चित पब्लिक स्पिकर तथा गायक रमेश प्रसाईं आज वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको हो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाह गरेका हुन् । नेपाली परम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिएका थिए ।

दृष्टिविहीन भएपनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । राजनीतिक टिप्पणी गर्न पनि खपिस रमेश अहिले चर्चामा पछि छन् । उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भई रहेको छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् ।

३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् । विगत केही वर्षदेखि उनी काठमाडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् ।

आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत डेढ बर्षदेदेखि नन्दासँग प्रेम सम्बन्धमा रहेका थिए । यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

यो पनि पढ्नुहोस्

रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिँदै, यी हुन् उनकी हुनेवाला बेहुली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !