४ बैशाख २०८१, मंगलबार

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल २०२०’


मिस नेपाल २०२०

काठमाडौँ । ‘मिस नेपाल २०२०’ को उपाधि काठमाडौँकी २३ वर्षीया नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आज शनिबार राति होटल पार्क भिलेजमा आयोजना गरेको ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जितेकी हुन् ।

आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उहाँले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपालको २६ औं संस्करणमा श्रेष्ठले उपाधि हात पारेकी उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । किन्डरगार्डेन टिचर समेत रहेकी नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार नगद साथै कार्यालय प्रयोजनका लागि गाडी समेत पाउने भएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वोर्ल्ड २०२१ मा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछिन् ।

‘मिस नेपाल अर्थ’को उपाधि काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठले जितिन् भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्माले जितिन् । यस्तै ‘मिस नेपाल सुप्रानेसनल’ उपाधि काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले जितिन् । उनीहरु तीनै जनाले नगद २ लाख ५० हजार रुपैया पाएका छन् ।

यस वर्ष देशभरका १५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएकामध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो ।

नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । आज गरिएको प्रतियोगिता २५ औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकार लगायत ११ प्रकारका उपाधि समेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रुपैया रहेको छ ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले ३ हप्ताको भर्चुअल तालिम र २ हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालिम प्रदान गरिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !