"के सार्वजनिक शौचालयहरूमा गोप्य, सुरक्षित र महिनावारी भएको बेलामा प्रयोगको लागी व्यवस्थित छन् ?" Nepalpatra "के सार्वजनिक शौचालयहरूमा गोप्य, सुरक्षित र महिनावारी भएको बेलामा प्रयोगको लागी व्यवस्थित छन् ?"
५ बैशाख २०७८, आइतबार

“के सार्वजनिक शौचालयहरूमा गोप्य, सुरक्षित र महिनावारी भएको बेलामा प्रयोगको लागी व्यवस्थित छन् ?”


केकी अधिकारी

काठमाडौँ । नायिका केकी अधिकारीले के हाम्रो घर , विद्यालय, कार्यालय तथा सार्वजनिक स्थानहरुमा महिलाहरुका लागि उचित शौचालय छन् भन्दै प्रश्न गरेकी छन्। नायिका अधिकारीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो प्रश्न गरेकी छन् ।

नायिका अधिकारीले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “युनिसेफको अनुसार “१९ प्रतिशत सरकारी विद्यालयहरूमा किशोर र किशोरीका लागि छुट्टा-छुट्टै शौचालय र महिनावारी स्वच्छता व्यवस्थापन सुविधाको अभाव रहेको छ ।” मर्यादित महिनावारी व्यवस्थापनका लागि गोप्य, सुरक्षित तथा सुविधायुक्त शौचालय अति आवश्यक । के हाम्रो घर , विद्यालय, कार्यालय तथा सार्वजनिक स्थानहरुमा महिलाहरुला लागि उचित शौचालय छन् ? यदि भएमा पनि कति गोप्य , सुरक्षित र महिनावारी भएको बेलाको प्रयोग्ग लागी व्यवस्थित छन् ? के तपाईको वरपर भएका शौचालयहरू महिला-मैत्री छन् ? कृपया कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला !”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !