१३ बैशाख २०८१, बिहिबार

राजेश हमालले गरे प्रचण्डकी नातिनी स्मितासँग रोमान्स


राजेश हमालले गरे प्रचण्डकी नातिनी स्मितासँग रोमान्स

काठमाडौँ । महानायक राजेश हमालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीसँग रोमान्स गरेका छन् । तर यो रियल लाइफमा नभएर रिल लाइफमा मात्र हो । आफैँले गाएको गीतको म्युजिक भिडियोमा प्रचण्डकी नातिनी स्मिता दाहाल हमालको जोडी भएर देखिएकी छिन् ।

स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिएकी हुन् । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

यस्तो छ हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !