७ बैशाख २०८१, शुक्रबार

गायक राज खम्बुको ‘मुना’ गीतमा सार्वजनिक


गायक राज खम्बु र गायिका सुजता बर्माको स्वरमा रहेको ‘मुना’ गीत सार्वजनिक भएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द रहेको यो गीत राज, सुजता र मिस्टर आरजे स्वयंको आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । गीतको भिडियोमा अभिनेता नाजिर हुसेन, अभिनेत्री स्पस्तिमा खड्का र रियाशा दाहालको अभिनय रहेको छ ।

हाल अमेरिकामा रहँदै आएका गायक राज खम्बुका यस अघि कर्कले पात, यहि त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक छन् । अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार राज खम्बु सामजिक कार्यमा पनि सक्रिय रहँदै आएका संगीतकर्मी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !