१३ बैशाख २०८१, बिहिबार

गायक निशान भट्टराइले गरे प्रेमिका ऋचा न्यापानेसँग कानुनी विवाह


निशान भट्टराइ

काठमाडौँ, साउन २७ । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले प्रेमिका ऋचा न्यापानेसँग कानुनी बिबाह गरेका छन् । आज उनीहरुले धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । गायक भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !