१३ बैशाख २०८१, बिहिबार

पुजा शर्मालाई दारा निस्किएको अनुहार भनेपछि रुँदै दिइन् प्रकाश सुवेदीविरुद्ध उजुरी


प्रकाश सुवेदी

काठमाडौ । नायिका पूजा शर्माले हिजो आइतबार पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । प्रकाश सुवेदीले आफ्नो कार्यक्रमबाट पटक पटक आक्रमक शैलीमा होच्याउने गरि आफूलाई ’पर्सनल अट्याक’ गरेको भन्दै पूजा शर्मा कलाकार संघ, चलचित्र पत्रकार संघदेखि ’एपीवान टिभी’सम्म न्यायका लागि पुगेकी छिन् ।

सुवेदीका कारण आफूले मानसिक तनावसम्म भोग्नु परेकी छिन् । पत्रकार सुवेदीसँगको एक अन्तर्वार्ताका कारण आलोचनाको सिकार बनेकी नायिका शर्माको विरुद्ध केहि दिन अगाडी फेरी पत्रकार सुवेदीले धारा निस्किएको अनुहारलाई महानायिका बनाइदिनु पर्ने भन्दै आलोचना गरेका थिए ।

सुवेदीले लिएको एक अन्तर्वार्तामा प्रदेश र जिल्ला कति वटा छ भन्दै प्रश्न गर्दा उल्टो जवाफ अथवा गलत उत्तर दिएपछि नायिका शर्माको सामाजिक संजालमा ठुलो आलोचना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !