, संचारमन्त्री ईश्वर पोखरेल हो भन्दै नायिका आँचल र निर्देशक मिलनले ताली बजाएपछि...

संचारमन्त्री ईश्वर पोखरेल हो भन्दै नायिका आँचल र निर्देशक मिलनले ताली बजाएपछि…

१८ साउन, काठमाडौं । नायिका आँचल शर्माले नेपालको संचारमन्त्री इश्वर पोखरेल रहेको बताएकी छन् । एक अन्तर्वार्ताको क्रममा पत्रकारले संचारमन्त्री को हो भनेर प्रश्न गर्दा नायिका शर्माले इश्वर पोखरेल रहेको बताएकी हुन् ।

नायिकासँगै निर्देशक मिलन चाम्सले पनि इश्वर पोखरेल रहेको भन्दै तालीसमेत बजाए । तर संचारमन्त्री भने अर्थमन्त्री डा. युवराज खतिवडा हुन् । तत्कालिन संचारमन्त्री गोकुलप्रसाद बास्कोटामाथि ७० करोडको घुस मागेको आरोप लागेपछि उक्त पद रिक्त थियो । त्यसपछि प्रधानमन्त्री ओलीले उक्त पदमा डा. खतिवडालाई नियुक्ति गरेका हुन् । उक्त पत्रकारसँगै अन्तर्वार्ता दिनेक्रममा नायिका पुजा शर्माले प्रदेश र जिल्ला कतिवटा छ भन्ने प्रश्नको उत्तरसमेत दिन नसकेपछि ट्रोल बनेकी थिइन् ।