७ बैशाख २०८१, शुक्रबार

ऋषि धमलाको कार्यक्रममा उल्टो गीत गाउँदा दुर्गेश थापा बने आफै शिकार


दुर्गेश थापा

काठमाडौं, १० साउन । नेपाली संगीतको थोरै मात्र ज्ञान भएकालाई पनि थाहा छ, यो नारायण गोपालले नभएर भक्तराज आचार्यले गाएको गीत हो । उनले नारायण गोपालको भनेर भक्तराजको गीत बेसुरा तरिकाले गाउँछन् ।दुर्गेशले गलत गीत गाउँदा धमलाले कुनै प्रतिक्रिया जनाउँदैनन् । उनलाई पनि के थाहा दुर्गेशले गाएको गीत नारायण गोपालको हो कि होइन । बरु धमला अर्को प्रश्न सोध्छन्, ‘यम बरालको गीत पनि तपाईंलाई मन पर्छ रु उहाँ पनि गायक हो नि रु’

केही सम्झेजस्तो गर्दै दुर्गेश भन्छन्, ‘यम बरालको गीत ‘ अँ दाइको मन पर्छ । मलाई उहाँको‘ ओराली लागेको हरिणको चाल भो भन्ने ।’यसमा पनि चुके दुर्गेश । यो गीत यम बरालले नभएर रामकृष्ण ढकालले गाएका हुन् । सम्भवतः रामकृष्णको करिअरकै सर्वाधिक चर्चित गीत हो यो । धमला यहाँ पनि प्रतिक्रिया जनाउँदैनन् ।

स्वरसम्राट नारायण गोपाल नेपालको संगीत इतिहासकै सर्वाधिक प्रख्यात र आदरणीय गायक हुन् । सारा नेपालीले नारायण गोपाललाई चिन्छन् । उनका गीत सुनेका छन् । तर, संगीत क्षेत्रमै चर्चा कमाएका कलाकारले नारायणगोपालकै गीत गलत गाउनु भनेको दयनीय हो ।केही दिनअघि आफ्नो क्षेत्रभन्दा बाहिरका सामान्य विषयवस्तुबारे सोधिएका प्रश्नको सही जवाफ दिन नसक्दा नायिका पूजा शर्मा निकै दिन ट्रोल भइन् ।

दुर्गेशमा भने आफ्नै संगीत क्षेत्रको ज्ञान कमजोर देखियो । बढ्दो संख्यामा रहेका उनका फ्यानको मुटु जलिरहेको होला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !