, मध्यरातमा राजेश हमालको भिडियोः दीपाश्रीलाई माफि दिन सबैसँग आग्रह (भिडियो सहित)

मध्यरातमा राजेश हमालको भिडियोः दीपाश्रीलाई माफि दिन सबैसँग आग्रह (भिडियो सहित)

काठमाडौँ, ३१ असार । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् ।

हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गर्दै उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

मेरो अनुरोध..,

Posted by Rajesh Hamal on Tuesday, July 14, 2020