१२ बैशाख २०८१, बुधबार

दीपाश्री २४ वर्षदेखि मेरै अगाडी, पछाडी थिइन् : महानायक हमाल


राजेश हमाल

२४ असार, काठमाडौं । नेपाली कलाकार क्षेत्रका महानायक राजेश हमालले निर्माता दीपाश्री निरौलालाई व्यंग्य गरेका छन् । हमालले एक मिडियासंग कुरा गर्दै दिपा २४ वर्षदेखि मेरै अगाडी, पछाडी घुमी हिडेको बताएका छन् । हमालले भने, “दिपाश्री २४ वर्षदेखि मेरै अगाडी, पछाडी हिडिरहनु भएको थियो । अहिले सामाजिक संजालको कारणले गर्दा सबैले चिनियो ।”

पछिल्लो समय एक मिडियासंग कुरा गर्दै दीपाश्री निरौलाले राजेश हमाल महानायक नभएको भन्दै अभिव्यक्ति दिएपछि उनी अहिले सामाजिक संजालमा ट्रोलको सिकार बनेकी छन् ।

निरौलाले राजेश हमाल महानायक नभएर दीपकराज गिरि महानायक भनेपछि उनी आलोचनाको सिकार बनेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !