७ बैशाख २०८१, शुक्रबार

चर्चित गायक बर्नार्डको निधनपछि अन्त्येष्टिको विषयमा भयो यस्तो झडप


एजेन्सी । केन्याका चर्चित गायक बर्नार्ड ओबोन्योको अन्त्येष्टिको विषयमा प्रहरी र प्रशंसकबीच झडप भएको छ । बर्नार्ड ओबोन्योलाई उनका प्रशंसकले अबेनी भन्थे । अबेनीका प्रशंसका उनको अन्त्येष्टि कोरोना भाइरसका संदिग्धहरुको शवको जस्तो नहोस् भन्ने चाहन्थे ।

प्रशंसकको भीडका अनुसार यस्तो गरिनु अबेनीको अपमान हुनेछ । यद्यपि, कोरोनाभाइरसको संक्रमणका कारण शवको अन्त्येष्टिका थुप्रै नियममा परिवर्तन आएको छ । प्रहरीले भीड नियन्त्रणका कारण अश्रु ग्यास प्रहार गरेका छन् । परिवार र प्रशासनले उनको कोरोना परीक्षण भए नभएको जानकारी भने दिएनन् ।-बीबीसीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !