१२ बैशाख २०८१, बुधबार

वर्षौंपछि विकट गाउँमा बिजुली गाउँमा खुशीयाली


महेश सिंह
महेश सिंह

सिरहा २७ जेठ । सिरहाको लहान नगर पालिका वडा नम्बर २४ खपटेडाडामा बिजुलीबत्ती उद्घाटन तथा ५० केभीको टानसफर्मर जडान हुँदा सिङ्गै गाउँ नै खुशी भएका छन् । बति बल्ने खबर गाउँभरी नै फैलिएको छ । गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर बसेका अधिकांश बासिन्दाले त्यसलाई हल्लाका रुपमा लिए, धेरैले पत्याएनन् ।

सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य तथा बौद्धिक नेता प्रदिप गिरीको संसदीय कोषबाट करिब २० लाखको लागतमा लहान नगरपालिका २४ खप्टेडाडमा विद्युतको लाईन पुगिदा स्थानीयहरु खुशी भएका छन । गिरी हाल सिरहा क्षेत्र नम्बर १ का निर्वाचित प्रर्तिनिधि सभा सदस्य समेत रहनु भएका हुन् । अर्को नेपाली काङ्ग्रेसको चर्चित तथा लोकप्रिय युवा नेता महेश चौधरी र महिला संघकी केन्द्रिय सदस्य संगीता कर्माचार्यको अथक प्रयासपछि गाउँमा बिजुलि बतिको उज्यालो भए\पछि स्थानीयहरुले नेता प्रदीप गिरी र नेता महेश चौधरीलाई गुहारेका थिए ।

उक्त गाउँमा करिब २०० सय गरीब, दलित, सदा, परियार, दमाई, थापा मगर, यादवहरुको समेत बस्ती रहेको छ । उक्त गाउँमा बाटो घाटाे र खानेपानी, बिजुली बत्तीको समेत सुबिधा नरहेको गाउँका गाई बस्तु देखी लिएर मानिस समेत नजिकै रहेको ताल, दहको पानी खान बाध्य भएका थिए । केहि महिना अगाडि गाउँमा लाईन पुगेका थिए तर भोल्टेज नपुगेर अध्यारोमा रात बिताउन बाध्य भएका हुन् ।

दुईवर्ष अघिसम्म गाउँमा बिजुली ल्याउने चर्चा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो,‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् । बरु विद्युत प्राधिकरण लहानले ५ महिना अगाडि गाडेका बिजुलीका पोल पनि पाँच महिनादेखि अलपत्र नै थिए । त्यसपछि त झन् गाउँलेले बिजुलीबत्ती बाल्ने सपना नै मारिदिएका थिए ।

वर्षौंको प्रतिक्षापछि गाउँमा दोस्रो पटक झलमल्ल बिजुली बलेको देखेपछि उनिहरुमा खुशीको सीमा नै रहेन । त्यही खुशी साट्न उनले वरपरका छिमेकीहरुलाई पनि बत्ती बलेको हेर्नका लागि हार-गुहार नै गरिन् । लामो प्रयासपछि गाउँमा बिजुली बलेपछि स्थानीय राजनीतिक दलहरु पनि हौसिएका छन् ।

निरन्तरको प्रयास पछी गाउँमा दियालो र टुकीको भरमा अन्धकार छल्दै आएका स्थानीयले बिजुली गुमाएको दोस्रो पटक गाउँमा बिजुली पुगेपछि खुशीयाली छाएको छ । स्थानीयले भने,‘आज हाम्रो सपना पूरा भएको छ, हामी वर्षौंपछि अन्धकारबाट मुक्त भएका छौं । उज्यालोसँगै गाउँमा समृद्धिको प्रवेश भयो, अब गाउँको जीवनस्तरमा पनि सुधार आउनेछ ।

स्थानीय युवा नेता आन्न्द चौधरीलाई सुनाएका थिए । राहत अभियान्ता महेश र संगीताको जोडीले केहि दिन अगाडि उक्त बिपन बस्तीमा राहत दिन पटक – पटक राहत दिन पुगेका थिए । समाज सेबि चौधरी र कर्माचार्य लाई गाउँलेहरुले राम्रो काम गरेको भन्दै सम्मान गरेका थिए । कार्यक्रममा समाज सेबि महेश्वरी चौधरी र पत्रकार महेश सिंहको समेत उपस्थिति रहेको साथै सबै वडा र वस्तीमा विद्युत विस्तारका लागि मिलेर काम गर्ने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए ।

वर्षौंपछि विकट गाउँमा बिजुली गाउँमा खुशीयाली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !