७ बैशाख २०८१, शुक्रबार

घिसिङ भन्छन, “मुकेश काफ्लेलाई लोडसेडिङ अन्त्य भयो भने सार्वजनिक पदधारण गर्दिन भन्नुभएको थियो, अब के गर्ने ?”


कुलमान घिसिङ

काठमाडौँ, १ असोज । कुलमान घिसिङले पुर्व कार्यकारी निर्देशक मुकेश काफ्लेमाथि प्रश्न उठाएका छन् । विधुत प्राविधिकरणको चारवर्षे कार्यकाल पुरा गरि विधाई भएका घिसिङ्ले काफ्लेले जसरी आफूले गर्दा भएको भन्ने कुरा गलत रहेको बताएका छन्।

एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा घिसिङ्ले भनेका छन्, म कार्यकारी निर्देशकको रुपमा नियुक्ति हुँदा के भन्नु भएको थियो भने, यदि लोडसेडिङ अन्त्य भयो भने म अब कुनै पनि सार्वजनिक पदधारण नगर्ने भन्नु भएको थियो । तर लोडसेडिङ अन्त्य भयो । अब के गर्नुहुन्छ।”

घिसिङ्ले एउटा कर्मचारीको लागि सडकमा आन्दोलन गर्ने विषय त्यति राम्रो नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !