७ बैशाख २०८१, शुक्रबार

नेपाल विद्युत प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना जिवितै छ – उर्जामन्त्रीको सचिवालय


वर्षमान पुन

काठमाडौं, असोज १ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: ४ वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु।’

मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको चापागाईंले स्पष्ट पारे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कलाकार दीपकराज गिरीले माग गरेका छन् । गत २९ भदौमा कार्यकारी निर्देशकका रुपमा ४ वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाई गरेको थियो ।

नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। उर्जामन्त्री वर्षमान पुनले आजको बैठकमा घिसिङको नाम प्रस्ताव गर्ने तयारी गरेको स्रोतको दावी छ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ ।

यो पनि पढ्नुहोस्

कुलमान घिसिङलाई पुनःनियुक्ति माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन

त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भयो : कुलमान घिसिङ

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्ति गर्न नारायणकाजी र दीपकराजको माग

उर्जामन्त्री वर्षमान पुनले भने, ‘ढुक्क हुनुस् हामीले कुलमानको नै म्याद थप्छौं’

मन्त्रिपरिषद् बैठकले कुलमानको पुन:र्नियुक्तिबारे भएन निर्णय : प्रधानमन्त्रीले उठाए कानुनी प्रश्न


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !