१३ बैशाख २०८१, बिहिबार

नेपालले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने पायो अनुमति


भारतीय विद्युत् बजार

काठमाडौँ । नेपालले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने अनुमति पाएको छ । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको हो ।

थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको हो । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा आज बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्केटमा प्रवेशको अनुमति दिएको हो ।

यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न स्वीकृति दिएसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !