८ बैशाख २०८१, शनिबार

कुलमान फेरि विद्युत प्राधिकरणमा नियुक्त हुँदै, प्रधानमन्त्रीले दिए ठाडो निर्देशन


कुलमान घिसिङ् File Photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । सवै आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको बालुवाटार स्रोतको बताएको छ ।

लगभग एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । तर शाक्यको काम सन्तोषजनक नदेखिएको ठहर गर्दै मन्त्री भुसालले उनलाई राजीनामा दिन दवाव दिएकी छन् ।

स्रोतका अनुसार मंगलबार प्रधानमन्त्री देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको हो ।

ऊर्जामन्त्री भुसालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा मागेको स्रोतले बतायो । शाक्य २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो बनाएका थिए । उनलाई सामाजिक संजाल र सडकमा समेत पुनर्नियुक्ति हुनुपर्ने आवाज उठेपनि ओली सरकारले नियुक्ति गरेको थिएन ।

यो पनि पढ्नुहोस्

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन सरकारको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !