कुलमानलाई साइड लगाउँदै ओलीले गरे कार्यकारी निर्देशकमा एमसीसी परियोजनामा काम गरेका शाक्यलाई नियुक्त Nepalpatra कुलमानलाई साइड लगाउँदै ओलीले गरे कार्यकारी निर्देशकमा एमसीसी परियोजनामा काम गरेका शाक्यलाई नियुक्त
१९ असार २०७९, आइतबार

ओलीले गरे कार्यकारी निर्देशकमा एमसीसी परियोजनामा काम गरेका शाक्यलाई नियुक्त


हितेन्द्रदेव शाक्य

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको स्रोतले बतायो ।

कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । शाक्य २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !