१२ बैशाख २०८१, बुधबार

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त


हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । उनले आज सोमबार नै पदबाहाली गरेका छन् । यसअघि निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाको ठाउँमा शाक्यलाई नियुक्त गरिएको हो ।

विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर बिदा भएपछि ऊर्जा तथा जलस्रोत मन्त्रालयले कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको थियो । एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

यसअघि जुनयर उपकार्यकारी निर्देशकलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्णयप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओलीकै ‘इच्छा’अनुसार शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियक्त गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गर्नुका साथै प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !