७ बैशाख २०८१, शुक्रबार

कुलमान घिसिङलाई पुनःनियुक्ति माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन


कुलमान घिसिङलाई पुनःनियुक्ति माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन

काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । घिसिङको पुन नियुक्तको माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो ।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । घिसिङको ४ वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिक रुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।

यो पनि पढ्नुहोस्

त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भयो : कुलमान घिसिङ

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !