८ बैशाख २०८१, शनिबार

उर्जामन्त्री वर्षमान पुनले भने, ‘ढुक्क हुनुस् हामीले कुलमानको नै म्याद थप्छौं’


वर्षमान पुन फाइल फोटो

काठमाडौं, भदौ १५ । उर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनः नियुक्त गर्ने बताएका छन् । उर्जामन्त्री पुनले कुलमान घिसिङलाई नै फेरि नियुक्त गर्ने आफुलाई जानकारी दिएको भन्दै नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

पूर्वसचिव उपाध्यायले आफसँग उर्जामन्त्री पुनको कुराकानी भएको बताउँदैं फेसबुकमा यस्तो लेखेका छन् -‘ढुक्क हुनुस् भीम सर, हामीले कुलमानलाई नै म्याद थप्छौँ ।’ उर्जामन्त्री वर्षमान पुन । यो फेसबुक स्टाटस पूर्वसचिव भिम उपाध्यायको हो । उनको केहि समय अगाडि मन्त्री वर्षमान पुनसँग टेलिफोन कुराकानी भएको पनि उल्लेख गरेका छन ।

उनका अनुसार विद्युत प्राधिकरणमा यहि भदौ २९ गतेबाट कार्यकाल पुरा हुन लागेका कुलमान घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ती हुने आश्वासन मन्त्रीले पूर्व सचिव उपाध्यायलाई दिएका छन ।

आफ्नो चारवर्षे कार्यकालमा प्राधिकरणभित्रका धेरै समस्या समाधान गर्न सफल बनेका घिसिङलाई लोडसेडिङ हटाएको, विद्युत चुहावट न्यूनीकरण गरेको, चरम घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको जस्ता कारणबाट जनताको नजरमा नायकको छवि बनाएका घिसिङलाई पुनः चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने आवाज सर्वसाधारणले सामाजिक सञ्जाल मार्फत उठाइ रहेका छन् ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भोग्न बाध्य नेपालीलाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिका खेलेका उनै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्ने सम्भावना भने तत्काललाई निकै कम रहेको सन्दर्भमा मन्त्रीको यस्तो धारणाले फेरि नेपाली जनता आशावादी भएका छन् भने सामाजिक संजाल पनि चर्चा परिचर्चा बढिरहेको छ । उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री रहेका वर्षमान पुन घिसिङको निरन्तरताको पक्षमा रहेका भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङको निरन्तरताको विपक्षमा रहेकोे बुझिएको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील ज्ञवालीको नाम पनि चर्चामा थियो । विष्णु पौडेल निकट रहेका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रेसबाट बाहिर रहेको घोषणा गरिसकेका छन् । उनले कार्यकारी निर्देशकमा आफ्नो नाम नजोड्न समेत आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत जनताको दबाद र ज्ञवाली रेसबाट बाहिर रहेको घोषणाले गर्दा प्रधानमन्त्री ओलीको सोच परिवर्तन भई पुन: कुलमान घिसिङलाई नै नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनामा हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।

यस्तो छ पूर्वसचीव भीम उपाध्यायको फेसबुक स्टाट्स

साथै उनको अर्को फेसबुक स्टाट्स यस्तो छ 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !