११ बैशाख २०८१, मंगलबार

सुनसरी-३ मा भगवती चौधरीले विजय गच्छदारलाई हराएर लिइन् बदला


भगवती चौधरी र विजय गच्छदार

धरान । सुनसरीको क्षेत्र नं ३ मा नेकपा (एमाले) की भगवती चौधरी विजयी भएकी छन् । एमालेकी चौधरीले नेपाली काँग्रेसका विजय गच्छदारलाई हराएर बदला लिएकी हुन् ।

एमालेकी चौधरीले ४० हजार ७८८ मत ल्याएर निर्वाचित भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे ।

२०४८ सालदेखि निरन्तर चुनाव लडेर पटक-पटक मन्त्री बनेका गच्छदारलाई यसपटक चौधरीले संसद भवन प्रवेश गर्न रोकेकी छन् । गच्छदारसँग लगातार दुईपटकसम्म झिनो मतान्तरले पराजित भएकी चौधरीले यसपटक बाजी मारेकी हुन् ।

६ पटक लगातार विजयी भएका गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेस, २०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालिन मधेसी जनअधिकार फोरम र २०७० को दोस्रो संविधानसभामा आफ्नै नेतृत्वमा रहेको फोरक लोकतान्त्रिकबाट जितेका थिए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी ३ मा गच्छदार र चौधरी नै चुनावी मैदानमा थिए । कडा प्रतिस्पर्धामा दुई पटक नै गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा आफैँ अध्यक्ष रहेको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव लडेका गौतमले चौधरीलाई ३६२ मतान्तरले पराजित गरेका थिए भने २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३२१ मतान्तरले हराउँदै विजयी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !