७ बैशाख २०८१, शुक्रबार

मोरङ-१ मा डिगबहादुर लिम्बूले घनश्याम खतिवडालाई हराएर लिए बदला


डिगबहादुर लिम्बू र घनश्याम खतिवडा

उर्लाबारी । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गरेका थिए । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।

यस्तै प्रदेश सभा १(१) तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतलेपछि पार्दै विजयी हासिल गरेका छन् । भने एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश १(२) मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गरेका छन् ।

एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !