११ बैशाख २०८१, मंगलबार

माेरङ-२ मा सुजाता कोइरालालाई हराउँदै ऋषिकेश पोखरेल विजयी


सुजाता कोइराला र ऋषिकेश पोखरेल

विराटनगर । मोरङ क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै एमालेका पोखरेल निर्वाचित भएका हुन् ।

एमालेका पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् भने काँग्रेसकी कोइरालाले ३१ हजार ९४० मत ल्याएर पराजित भएकी छिन् । पोखरेल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक पोखरेलले स्व. गिरीजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरेका हुन् । गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० सालमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । यसपटक उक्त निर्वाचन क्षेत्रबाट उम्मेद्वारको रुपमा काँग्रेसले डा. मिनेन्द्र रिजाल र सुजाता कोइराला सिफारिस भएपनि प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रिजाललाई टिकट नदिएर सुजातालाई उम्मेदवार बनाएका थिए ।

सुजाताले उक्त क्षेत्रबाट आफ्नो बुबाको बिरासतलाई कायम गर्न नसकेकोले सिंगै पार्टीले हार बेहोर्नुपर्यो भने नरम बोली बोल्ने भद्र स्वभावका पोखरेलले बाजी मारेर संघीय संसदमा ५ वर्षपछि पुन: प्रवेश पाउने बाटो खोलेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !