१३ बैशाख २०८१, बिहिबार

महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी


महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  ठाकुर पूर्वकृषि मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवलाई २०५० मतान्तरले पराजित गर्दै महोत्तरी-३ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार ३७५ मत प्राप्त गरी विजयी भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ । ठाकुरका निकटतम प्रतिस्पर्धी जसपा नेपालका यादवले १४ हजार ३२५ मत प्राप्त गरेका छन् ।

यसअघि यसै क्षेत्रबाट निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत पाएर जितेका ठाकुरले यसपालि भने कसिलो प्रतिस्पर्धा गर्नुपरेको छ । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा आजै दिउँसो लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा भइसकेको छ ।

ठाकुरको जीतसँगै लोसपाका ४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रुपन्देही ४ बाट सर्वेन्द्रनाथ सुक्ला, सर्लाही १ बाट रामप्रकाश चौधरी, महोत्तरी २ बाट शरतसिंह भण्डारी यसअघि नै विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !