७ बैशाख २०८१, शुक्रबार

स्याङ्जा-१ मा काँग्रेसका थापाले एमालेका मरासिनीलाई हराएर लिए बदला


राजु थापा

स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक बामगठबन्धनको तर्फका साझा उम्मेदवार रहेका थापाले नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई २ हजार ४५५ मतान्तरसहित पराजित गर्दै विजयी भएका हुन् ।

काँग्रेसका थापाले ३१ हजार ९९९ मत ल्याएर विजयी भए भने एमालेका मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएर तेस्रोमा स्थानमा सीमित भए ।

गत २०७४ सालको निर्वाचनमा एमालेका मरासिनीले काँग्रेसका थापालाई हराएका थिए भने अहिले थापाले मरासिनीलाई हराएर बदला लिएका छन् । थापा र मरासिनी बीचको यो तेस्रो पटक लगातार प्रतिस्पर्धा हो ।

उनीहरु २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार थापा यही क्षेत्रबाट विजयी भएका थिए भने २०७४ सालको संघीय निर्वाचनमा गठबन्धनसहित एमालेका मरासिनी निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !