१३ बैशाख २०८१, बिहिबार

संखुवासभामा दीपक खड्काले राजेन्द्र गौतमलाई हराएर लिए बदला


दिपक खड्का

काठमाडौं । संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । काँग्रेसका खड्काले नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।

अघिल्लो चुनावको बदला लिंदै खड्काले गौतमलाई ५ हजार ४३९ मतान्तरले हराएका हुन् । खड्काले ३२ हजार १५८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका गौतमले २६ हजार ७१९ मत पाएका छन् ।

गत २०७४ सालको निर्वाचनमा गौतमले खड्कालाई हराएका थिए भने अहिले खड्काले गौतमलाई हराएर बदला लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !