७ बैशाख २०८१, शुक्रबार

कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरुणकुमार चौधरीे विजयी


अरुणकुमार चौधरी

लम्की । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरेका छन् । चौधरी एमालेका उम्मेदार रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजजी भएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए ।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत प्राप्त गरेओ निर्वाचन अधिकृत जोशीले जानकारी दिए । यस्तै राप्रपाका भरतसिंह विसीले दुई हजार सात सय ८४ मत प्राप्त गरेका छन् । एक लाख चार हजार नौ सय छ मतदाता रहेको यस क्षेत्रमा ६० हजार तीन सय ७४ मत खसेको थियो । तीन हजार छ सय ६४ मत बदर भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार चार सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार छ सय ६५ मतका साथ यसअघिनै विजयी भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !