८ बैशाख २०८१, शनिबार

सिरहा-४ बाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो विजयी


डा. वीरेन्द्रप्रसाद महतो

लहान । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजारआठ सय आठ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार एक सय दुई मत प्राप्त प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे ।

यसैगरी सत्ता गढबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले १४ हजार ६५३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा जम्मा ६५ हजार दुई सय १६ मत खसेकामा चार हजार दुई सय ९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सिरहा–४ मा विजयी महतो २०७० को दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !