८ बैशाख २०८१, शनिबार

पश्चिम नवलपरासीमा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित


ध्रुवबहादुर प्रधान

नवलपरासी, बर्दघाट सुस्तापश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याएका छन् । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)का दीपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !