१३ बैशाख २०८१, बिहिबार

भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधनलाई हराउँदै सुदन किराँती विजयी


सुदन किराती फाइल फोटो

भोजपुर । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा (एमाले) का शेरधन राईलाई हराउँदै सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

किराँतीले राईलाई २ हजार ३८५ मतान्तरले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् । किराँती तेस्रो पटक विजयी भएर संसद प्रवेश गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !