४ बैशाख २०८१, मंगलबार

कैलाली-१ बाट रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ विजयी


रञ्जिता श्रेष्ठ

कैलाली । कैलाली क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको विजयी भएकी छिन् । रेशम चौधरीकी पत्नी रञ्जिताले नेपाली कांग्रेसका रामजनम चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार ४०४ मतका साथ विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए । नेकपा (एमाले)का तपेन्द्र रावलले ५ हजार १९० मत प्राप्त गरे ।

जम्मा १ लाख ६ हजार ७०३ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो । जम्मा खसेको मतमा ३ हजार २६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् ।

यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार १०१ मतका साथ विजयी भएका छन् । त्यस्तै प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मतका साथ वियजी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !